पोखरामा लागूऔषधसहित २ जना पक्राउ
पाेखरा | जेठ १५, २०८२
पोखरा: पोखरा महानगरपालिका-५ शान्तिननगरचोकबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध कारोवार गरिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको हो ।
पर्वतको कुश्मा नगरपालिका-१२ ठुलिपोखरी घर भई पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीय सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट बुप्रिनर्फिन १ सय ६७ एम्पुल, डाईजापाम १ सय ६८ एम्पुल, फेनरागन १ सय ६६ एम्पुल गरी ५ सय १ एम्पुल लागूऔषध र ३ थान मोबाईल बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ६ दिनको म्याद गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

